दफा ६२
हदम्याद सम्बन्धी अवधिको गणना

(१) हदम्यादको अवधि दिन गन्तीमा तोकिएको भए जति दिन तोकिएको छ त्यति नै दिन गन्तीको हिसाबले गणना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिन गन्ती गर्दा हदम्याद प्रारम्भ भएको भोलिपल्टदेखि गणना गरी हदम्यादको अवधि कायम गर्नुपर्नेछ ।
(३) हदम्यादको अवधि महिनामा तोकिएको भए जति दिनको महिना भएपनि सक्रान्तिको हिसाबले जति महिना तोकिएको हो त्यतिनैमहिनाको हिसाबले गणना गर्नु पर्नेछ ।
(४) हदम्यादको अवधि वर्षमा तोकिएको भए बाह्र महिनाको अवधिलाई एक वर्ष मानी जति वर्ष तोकिएको हो त्यति नै वर्षकोहिसाबले गणना गर्नु पर्नेछ ।